नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
हुम्लामा भारी हिमपात

हुम्लामा भारी हिमपात

हुम्ला, २५ पुस । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।  एक फिट जमेको हिउँले गर्दो स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यस वर्षकै ठूलो हिमपात भयो ।  घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।” अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका  छन् ।

निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ । 

९ Jan २०२२ , ९:३२am
हाम्रो आवाज