नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
माघ १५ गतेसम्म देश भरका सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने  शिक्षा मन्त्रालयको निर्देशन

माघ १५ गतेसम्म देश भरका सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने शिक्षा मन्त्रालयको निर्देशन

पुष २७, बाँके । शिक्षा मन्त्रालयले यही माघ १५ गतेसम्म देश भरका सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । सोमवार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन  केन्द्र (सी.सी.एमसी) को सिफारिसलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ।

आइतवार सी.सी.एमसी.ले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ ।

केहि समय यता कोरोना भाइरसको संक्रमण उकालो लाग्दै गर्दा सी.सी.एमसी. ले बिद्यालय बंन्दका लागि सिफारिस गरेको थियो सोही अनुरूप शिक्षा मन्त्रालयले निर्णय गरेको छ ।

१० Jan २०२२ , ४:१७pm
हाम्रो आवाज