नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
नेपालगञ्जबाट मोटरसाइकल चोरी गर्ने एक जना बाँके प्रहरीद्वारा पक्राउ

नेपालगञ्जबाट मोटरसाइकल चोरी गर्ने एक जना बाँके प्रहरीद्वारा पक्राउ

माघ- २, बाँके । नेपालगञ्जबाट मोटरसाइकल चोरी गरेर भारत लैजादै गरेको नेपालगञ्ज १४ गोसाईगाउँका समही कोरीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

बिहान ९ बजे नेपालगञ्ज उपमहानगरपालिका १४ गोसाई पुर्वाबाट चोरी गरेर भारत लैजादै गरेको भे २ प ८६९५ होण्डा साईन मोटरसाइकल सहित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जनाइएको छ ।

पक्राउ परेका कोरीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ । 

१६ Jan २०२२ , ४:३१pm
हाम्रो आवाज