नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
माघ ७ पछि के–के मा खोपकार्ड अनिवार्य ?

माघ ७ पछि के–के मा खोपकार्ड अनिवार्य ?

काठमाडौं, माघ ४ । कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहेको अवस्थामा काठमाडौँ उपत्यका कोरोनाको हटस्पट बनेको छ । सङ्क्रमणको पछिल्लो अवस्थालाई हेर्दै काठमाडौँ, ललितपुर र भक्तपुरमा स्मार्ट लकडाउनमा थप कडाइ गर्ने निर्णय गरिएको छ । तीनवटै जिल्लाका प्रशासन कार्यालयले नयाँ आदेश जारी गर्दै लकडाउनमा थप कडाइ गर्ने बताएको हो ।

जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णयअनुसार अब माघ ७ गते सार्वजनिक सेवा लिनका लागि पूर्ण मात्रा खोप लगाएको हुनुपर्नेछ । प्रशासनको निर्णयअनुसार अब यी काम गर्दा खोप लगाएको प्रमाण आवश्यक हुनेछ :
१. भौतिक उपस्थिति भई गर्नुपर्ने गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलाप गर्दा ।
२. सार्वजनिक निकायमा सेवा प्राप्त गर्न
३. रङ्गशाला प्रवेश गर्ने
४. होटल र रेस्टुरेन्टमा प्रवेश गर्न

खोप लगाएको प्रमाणपत्रको फोटो मोबाइलमा फोटो खिचेर राखेर देखाए पनि हुने प्रशासनले जनाएको छ ।

१८ Jan २०२२ , ५:५३pm
हाम्रो आवाज