नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
यात्रुद्वारा नेपाल वायु सेवा निगम क्षेत्रीय कार्यालय नेपालगञ्जमा तालाबन्दी

यात्रुद्वारा नेपाल वायु सेवा निगम क्षेत्रीय कार्यालय नेपालगञ्जमा तालाबन्दी

माघ- ५, बाँके । यात्रुद्वारा नेपाल वायु सेवा निगम नेपालगञ्जमा रहेको क्षेत्रीय कार्यालयमा आज मंगलबार तालाबन्दी गरिएको छ ।

सिमिकोट हुमलाका लागि यात्रु लैजाने भनेर यात्रुलाई विमानस्थल मै राखेको र केहि समय पछि फिर्ता पठाएपछि आक्रोशित  यात्रुहरूले तालाबन्दी गरेका हुन् ।

सिमिकोट हुमलाको लागि उडान भर्ने तैयारी गरेको  बिमान अकस्मात मुगु ताल्चाका लागि उडान भरेकोले असन्तुष्ठ यात्रुहरुले तालाबन्दी गरेको स्रोत ले जनाएको छ ।

 

१९ Jan २०२२ , ५:०५pm
हाम्रो आवाज