नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
किन स्थगित भयो पाँच दलीय समन्वय समितिको बैठक ?

किन स्थगित भयो पाँच दलीय समन्वय समितिको बैठक ?

काठमाडौं, माघ ६ । सत्तारुढ गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ ।​ स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बोलाइएको बैठक स्थगित भएको हो । सत्ता गठबन्धनमा स्थानीय तहको चुनाव अगाडि गर्ने कि प्रतिनिधिसभाको भन्ने विषयमा एकमत नभएपछि बैठक स्थगित भएको स्रोतले हाम्राेलाई जानकारी दियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राखेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाको निर्वाचन अगाडि गर्नुपर्ने पक्षमा छन् ।

मंगलबारको समन्वय समिति बैठकले यस विषयमा एक मत निर्माण गर्न बुधबार शीर्ष नेताहरुलाई छलफल गर्ने भनेको थियो । तर यो बीचमा शीर्ष पाँच नेताबीच छलफल समेत हुन सकेन । तर आज प्रधानमन्त्रीको व्यस्तता देखाएर बालुवाटारले बैठक स्थगित गरेको छ ।

समिति संयोजक रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जवी अधिकारीले प्रधानमन्त्रीको व्यवस्तताका कारण बैठक स्थगित भएको हाम्राेलाई जानकारी दिए ।

२० Jan २०२२ , १:३६pm
हाम्रो आवाज