नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
काठमाडौं मेडिकल कलेजको परीक्षा शाखामा तालाबन्दी

काठमाडौं मेडिकल कलेजको परीक्षा शाखामा तालाबन्दी

काठमाडौं, माघ ९ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शैक्षिक एवं परीक्षा शाखामा विद्यार्थीहरुले ताला लगाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट विद्यार्थी नेता प्रकाश शाहीसहित अन्य विद्यार्थी संगठनहरुले मेडिकल कलेजमा तालाबन्दी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले हाम्राे आवाजलाई बताए । 

चर्को शुल्क फिर्ता लिन माग गर्दै आइतबार ७ विद्यार्थी संगठनले सिनामंगलमा प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा विप्लव निकट विद्यार्थीहरुले ताला लगाएका हुन् । सो क्याम्पसमा अध्ययनरत एमबिबिएस, विडीएस र बिएनएस–२०२१ ब्याचका विद्यार्थीहरु अतिरिक्त शुल्कको बिरुद्ध केही दिनदेखि आन्दोलनमा छन् ।

२३ Jan २०२२ , ४:१७pm
हाम्रो आवाज