नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
छानबिन समिति गठन

छानबिन समिति गठन

डोटी, २५ माघ (रासस) । सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको नेतृत्वमा  समिति गठन भएको छ । 

उक्त शिक्षालयमा आर्थिकलगायत अन्य विभिन्न विषयमा नियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले उपनिर्देशक धामीको नेतृत्वमा छानबिन समिति बनाएको हो  ।

समितिले आजदेखि आफ्नो काम थालनी गरेको छ । उक्त समितिमा जिल्ला प्रशासन र कोलेनिका प्रतिनिधि रहनुभएको छ । शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवलाई  जिम्मेवारीबाट हटाइएको छ । 

८ Feb २०२२ , २:०४pm
हाम्रो आवाज