नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
र्‍यापर ‘लाउरे’ धरौटीमा रिहा

र्‍यापर ‘लाउरे’ धरौटीमा रिहा

फागुन १०, कास्की । र्‍यापर आशिष राना ‘लाउरे’ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीले उनलाई ५० हजार धरौटीमा छाड्ने आदेश गरेको कास्कीका एसपी रमेश थापाले रातोपाटीलाई जानकारी दिए ।

लाउरे लागूऔषधसम्बन्धी मुद्दामा गत १४ पुसमा पक्राउ परेका थिए । उनीसँगै पक्राउ परेका नबिन कुमार गुरुङ, ध्रुवबहादुर थापा र सुस्मिता गुरुङलाई न्यायधीस बाबुराम सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

लागूऔषध खैरो हेरोइन कारोबार गरेको अभियोगमा प्रहरीले लाउरेसहित ४ जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो ।

लाउरेले पछिल्लो समय रियालिटी सो हिमालयन रोडिजको निर्णायकमा रहेका थिए । त्यही रियालिटी सोका क्रममा नेपालका पूर्वी सहरहरुमा पुगेर उनी पोखरा फर्किएका थिए ।

अन्य तीन जनालाई भने ‘तान्डव’ नामक फिल्म समेत अभिनय गरेका लाहुरेको  मेरो सोल्टा, हाउडे, केस नं ४२० लगायत गीत चर्चित छन् ।

२२ Feb २०२२ , ५:५१pm
हाम्रो आवाज