नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
नायिका रेखा थापाको उजुरीमा प्रहरीद्वारा युट्युबर पक्राउ

नायिका रेखा थापाको उजुरीमा प्रहरीद्वारा युट्युबर पक्राउ

काठमाडौं, फागुन २३ । भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एकजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ‘स्लेब नेपाल’ युट्युब च्यानल संचालक राहुल थापा छन् ।

चलचित्र अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले हाम्रो आवाजलाई बताए । रेखाले राहुलसहित ३ जनाविरुद्ध आफ्नो बारेमा भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उनको उजुरपछि ब्यूरोले प्रेश काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्ता सम्बन्धी विवरण मागेको थियो ।

नायिका थापाको बारेमा भ्रामक सामाग्री प्रशारण गर्ने मध्येकी शर्मिला वाइबा फरार छिन् । उनि बिरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर नायिका थापाबारे युट्युव च्यानलले सामाग्री प्रशारण गरेका थिए ।

राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमती दिएको छ । 

७ Mar २०२२ , ४:३६pm
हाम्रो आवाज