नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
स्काउट फेलोसिपमा लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति

स्काउट फेलोसिपमा लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौँ,२४ फागुन (रासस) । नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालको दोस्रो राष्ट्रिय अधिवेशनले श्रीराम लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौँमा सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्ष द्वयमा तीर्थराज न्यौपाने र मञ्जु अर्याल, अन्तरराष्ट्रिय आयुक्तमा बैकुण्ठ मरहठा, सचिवमा हरिबहादुर श्रेष्ठ, सहसचिव दिनेश पाण्डे, कोषाध्यक्ष बाबुकाजी डङ्गोल तथा सदस्यमा मुक्तिनाथ ढकाल, जहरसिंह थापा, पार्वती गिरी, आनन्दप्रसाद गुप्ता, दिनेश केसी र राजुराज सिंह रहनुभएको छ ।

नेपाल स्काउटको अवकाशपछि आफूले हासिल गरेको अनुभव र ज्ञानलाई सामाजिक क्षेत्रमा लगाउने अवसरको रुपमा फेलोसिप अभियान उपयोगी रहेको अध्यक्ष लामिछानेले बताउनुभयो । उहाँले स्काउटमा आवद्ध हुन चाहनेले राजनीतिबाट अलग रही विशुद्ध सामाजिक सेवाबाट प्रेरित रहेर काम गर्नुपर्दछ भन्नुभयो । सो अवसरमा चालु आर्थिक वर्षको कार्यक्रम र बजेट पारित गर्नुका साथै आगामी वर्षको कार्यक्रम  र योजना पनि पारित गरिएको थियो । फेसोसिप अभियानलाई अगाडि बढाउन विभिन्न व्यक्तिले आर्थिक तथा भौतिक सहयोग गर्ने वचन दिनुभएको थियो ।

९ Mar २०२२ , १२:४७pm
हाम्रो आवाज