नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

EnglishEN
रुकुममा करिब एक दर्जन सकेट बम फेला

रुकुममा करिब एक दर्जन सकेट बम फेला

काठमाडौं, फागुन २७ । पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा करिब एक दर्जन थान सकेट बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को  बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेका थिए । 

उनीहरुले गाउँपालिका–२  का वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए । केसीले  प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले सकेट बम भएको पुष्टि गरेको थियो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले १० लिटरको कालो ड्रमभित्र सकेट बम फेला परेको बताए ।

ड्रमभित्र एकिन भन्न त सकिन्न तर ६÷७ वटा सकेट बम रहेको अनुमान छ, बानियाँले भने बाहिर भुईँमा दुई वटा भेटिएको छ ।’

शुक्रबार विहान नेपाली सेना नर्सिङ्ग दल गुल्मको टोली डिस्पोज गर्न त्यस तर्फ हिँडेको उनले  बताए । उक्त बम जनयुद्धकालमा  तत्कालीन माओवादीले लुकाई राखेको हुन सक्ने अनुमान गरिएको छ ।


 

११ Mar २०२२ , १०:३३am
हाम्रो आवाज