नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
नेपालगन्ज उपमहांनगरपालिकामा कुल मतदाता ८१ हजार ७ सय ९४ मात्र

नेपालगन्ज उपमहांनगरपालिकामा कुल मतदाता ८१ हजार ७ सय ९४ मात्र

चैत १६, नेपालगन्ज । बाँकेमा आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन २०७९ मा बाँकेमा ३ लाख २९ हजार चार सय ७३ मतदाता संख्या  १३६ मतदानस्थल र ३७९ मतदानकेन्द्र तोकिएका छन ।

जिल्ला निवार्चन कार्यालय बाँकेद्वारा प्राप्त जानकारी अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा ८१ हजार ७ सय ९४ कुल मतदाता रहेका छन, जसमध्य ४३ हजार १ सय ११  पुरूष ३८हजार ६ सय ७९  महिला अन्य ४  रहेका छन । त्यसैगरी सबै भन्दा बढि मतदानस्थल र मतदानकेन्द्र पनि नेपालगन्ज उपमहांगरपालिकामा निर्धारण गरिएको छ ।

नेपालगन्ज उपमहांगरपालिकाका लागि ३४ मतदानस्थल र ९४ मतदानकेन्द्र निर्धारण गरिएको जिल्ला निवार्चन कार्यालय बाँकेले जनाएको छ । 

३० Mar २०२२ , ५:४२pm
हाम्रो आवाज