नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
बाँकेमा चैत २३ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

बाँकेमा चैत २३ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

चैत २१नेपालगन्ज । बाँकेमा बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिइने भएको छ । यही चैत २३ गतेदेखि १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन ।


जिल्ला खोप समन्वय समितिका पदाधिकारी र संचारकर्मीहरूको सहभगितामा स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको आजको अभिमुखिकरण कार्यक्रममा करिब एक लाख १५ हजार बालबालिकालाई खोप दिन लागिएको जनाइएको छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले विद्यालयमै बालबालिकालाई खोप दिन लागिएको बताएका छन । दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालयलाई खोप केन्द्र बनाइएने र त्यसै मार्फ़त बालबालिका लाई खोप उपलब्ध गराउने योजना रहेको बताएका छन ।

४ Apr २०२२ , ३:४९pm
हाम्रो आवाज