नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव ¥याली

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव ¥याली

भादगाउँ, २७ चैत । आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव ¥याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ ।भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव ¥याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो भने दूधपाटीबाट सुरु भएको अर्को ¥याली भार्वाचो, टेखापुखु, नासमना, बुलुँचाहुँदै टौमढी पुगेर सभामा परिणत भएको थियो । 

¥यालीमा नगरपालिकाका  प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टिम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह र स्थानीय जनताको सहभागिता रहेको थियो ।  ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले प्रसिद्ध बिस्का जात्रा सहजरुपमा सम्पन्न गर्न सरोकारवाला निकायले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । “विश्वमै बिस्का जात्राको विशेष महत्व भएकाले हेर्न आउने सबैलाई सभ्य, भव्य र सुरक्षितरुपले  जात्रा सम्पन्न गर्न   आग्रह गर्दछु”, उहाँले भन्नुभयो । 

नगर प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रालाई सफलरुपमा सम्पन्न गर्न सबैको संयुक्त प्रयास जरुरी रहेको बताउँदै जात्रा अवधिभर उच्छृङ्खल गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्तिसुरक्षाको व्यवस्था मिलाइने प्रतिबद्धता जनाउँँदै जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासितरुपमा सम्पन्न गर्न सबैको सहयोग रहने अपेक्षा गर्नुभयो ।

१० Apr २०२२ , १२:३९pm
हाम्रो आवाज