नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
बस दुर्घटना चालकसहित २४ घाइते

बस दुर्घटना चालकसहित २४ घाइते

सर्लाही, २८ चैत । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत फुलजोरमा आज तीर्थयात्रु चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा  चालकसहित २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । प्रहरीका अनुसार बसमा सवार ३४ जनामध्ये नौ जना सकुशल रहेका र एक जनाको अवस्था गम्भीर घाइते  भएका छन् ।

धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी पुगेर फर्किंदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस फूलजोर चोक नजिकै अनियन्त्रित भई पल्टिँदा २५ जना घाइते भएका र त्यसमध्ये २४ जना सामान्य घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भई घर फर्किएका र एक जनालाई उपचारका लागि जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलबासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार मोरङको पारिश्रमिक सहकारी संस्थाका सदस्यहरुले रिर्जभ गरेर स्वर्गद्वारी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटना भएको यात्रु बसका चालक र साहु भने प्रहरीको सम्पर्कमा नै रहेका छन् ।
 

११ Apr २०२२ , ७:४७pm
हाम्रो आवाज