नेपाली समय:

वि.सं २०७९ जेठ १०   मंगलवार

EnglishEN
पाकिस्तानको २३औँ प्रधानमन्त्रीमा शेहबाज निर्वाचित

पाकिस्तानको २३औँ प्रधानमन्त्रीमा शेहबाज निर्वाचित

(एजेन्सी) काठमाडौं, चैत २८ । पाकिस्तानको राष्ट्रिय सभाले शाहबाज सरिफलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । चुनावपछि सरिफले सभालाई सम्बोधन गरेका थिए ।

उनले इतिहासमै पहिलो पटक अविश्वासको प्रस्ताव सफल भएको र सत्यको जित, असत्यको हार भएको बताए । शाहबाज शरीफले आजको दिन ठूलो भएको र सदनले आज एक निर्वाचित प्रधानमन्त्रीलाई बाटो देखाएको र यो दिनलाई स्मरणीय दिनको रूपमा मनाउनुपर्ने बताए । पाकिस्तानी रुपैयाँ ८ रुपैयाँले बलियो भई १९० बाट १८२ मा फर्किएको उनले बताए । 

यस क्रममा शाहबाज शरीफले इमरान खानले बारम्बार भनिएको चिठीको सन्दर्भमा पनि जवाफ दिएका थिए । शहबाज शरीफले पत्र आएको झूटो भएको बताउँदै उनले अब दूधका दूध र पानीका पानी हुनुपर्ने बताए ।


 

११ Apr २०२२ , ७:५४pm
हाम्रो आवाज