नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
कैलालीका अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ

कैलालीका अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ

कैलाली, बैशाख २ । कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नहरूलाई  प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा मनोज भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले हाम्राे आवाजलाई बताए ।

पक्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन् । महाशाखाको टोलीले वैशाख १ मा उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ बेलहिया सीमा नाकाबाट पक्राउ गरेर काठमाडौंमा सार्वजनिक गरेको छ ।

टाउको काटेर छुट्याएको अवस्थामा स्थानिय अमरावती सामुदायिक बनमा पुस ३ मा अर्जुनको शव भेटिएको थियो । अर्जुन दास गाउँमै मजदुरी गर्थे । हत्यापछि उनको कपडा निकालेर सो कपडाले रुखमा बाँधेको अवस्थामा उनको शव भेटिएको थियो ।  

१५ Apr २०२२ , १:०४pm
हाम्रो आवाज