नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
नेपालगञ्जमा मङ्गलप्रसाद महिला कलेजको उदघाटन सम्पन्न

नेपालगञ्जमा मङ्गलप्रसाद महिला कलेजको उदघाटन सम्पन्न

बैशाख ७, बाँके । मधेसी छात्राहरुलाई लक्षित गरी उच्च शिक्षाप्रदान गर्न  नेपालगञ्जमा महिला कलेज निर्माण सम्पन्न भई आज उदघाटन गरिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको मङ्गलप्रसाद महिला कलेजको आज उदघाटन गरिएको छ । 

उदघाटन कार्यक्रममा पूर्वाञ्चल बिश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइराला, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रदेश सांसद आइपी खरेलको सहभगिता रहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.राणाले नेपालगञ्जमा मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेका कारण यहाँ छात्राहरूका लागि  कलेजको आवश्यकता रहेको बताएका छन ।

यसैगरी प्रा.डा. कोइरालाले पूर्वाञ्चल विश्वविद्यालयले  समुदायस्तरबाट सञ्चालित कलेजलाई सम्बन्धन दिनका लागि प्राथमिकता दिने जानकारी दिएका छन ।

करिब ८ करोड रुपैयाँको लागतमा उपमहानगरपालिकाले उक्त कालेजको ४० कोठे भवन निर्माण गरेको छ ।
 

२० Apr २०२२ , ६:०९pm
हाम्रो आवाज