नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
समृद्धि र बिकासको घोषणा सहित प्रशान्त श्रेष्ठ नेतृत्त्वको प्यानल चुनावी मैदानमा

समृद्धि र बिकासको घोषणा सहित प्रशान्त श्रेष्ठ नेतृत्त्वको प्यानल चुनावी मैदानमा


बैशाख १५, बाँके । यही बैशाख ३० मा हुन गईरहेकोआसन्न स्थानीय तहको निर्वाचन २०७९ का लागि नेपालगन्ज उपमहानगरपालिका ७ न. वडामा ने. क. पा एमालेबाट अध्यक्ष पदका उम्मेदवार प्रशान्त श्रेष्ठ र उनी नेतृत्त्वको प्यानल समृद्धि र बिकासको घोषणा सहित चुनावी मैदानमा क्रियाशील भएका छन । 

श्रेष्ठको नेतृत्वमा उनको प्यानलमा चन्द्रकला गुरूंग, नूर मोहम्मद खान, कल्पना नेपाली र समीर खान सदस्य पदका उम्मेदवारको रूपमा रहेका छन ।

लामो समयदेखि राजनीतिमा सक्रिय श्रेष्ठ वडाको समृद्धि र बिकासमा आधारित घोषणा पत्र सहित अहिले राजनीतिक मैदानमा फ्रन्टलाइनमा उभिएका छन । 

शिक्षा, स्वास्थ्य, रोजगार तथा वडा स्तरबाट प्रदान गरिने अन्य सेवा सुबिधाहरूलाई प्रभावकारी ढँग बाट प्रवाह गर्न र वडाको चौतरफी बिकासका लागि आफु क्रियाशील हुने प्रतिबद्दता श्रेष्ठले जनाएका छन ।

समाजसेवी पृष्ठभूमि भएका श्रेष्ठले आफ्नो राजनीतिक सक्रियता नेपालगन्ज उपमहांनगरपालिका वड़ा न.७ को बिकासलाई गति प्रदान गर्दै ७ न . वडा लाई नेपालगन्जको नमुना वडाको रूपमा विकसित गर्ने लक्ष्यमा आधारित रहेको बताएका छन ।

शिक्षाबाट बंचित वडाका बालबालिका तथा युवा युवतीहरुको शिक्षामा पहुँचका लागि आवश्यक वातावरण निर्माण गर्ने,वडा स्तरबाटै वडा बासीहरूलाई अति आवश्यक स्वास्थ्य सुबिधाहरू प्रदान गर्ने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन वडा स्तरमा नै एम्बुलेंसको व्यवस्था गर्ने, महिला सशक्तिकरणको बिषयलाई प्राथमिकताका साथ अगाडि बढाउने,बृद्धबृद्धा शारीरिक रूपमा अपांग,बेरोजगार तथा अशक्त व्यक्ति हरूको लागि विशेष सेवा सुबिधाको व्यवस्था गर्ने योजना रहेको श्रेष्ठले बताएका छन ।

श्रेष्ठले निर्वाचन अघिदेखि नै आफु वडाबासीहरू को सेवामा समर्पित रहेकोले आंउदो दिनमा पनि वड़ा बासिहरु कै सेवामा  अहोरात्र खटिने प्रतिबद्दता समेत जाहेर गरेका छन । 

वडाको चौतरफी बिकासका लागि एउटा कुशल र असल नेतृत्त्वको आवस्यकता रहेकोले त्यो आवश्यकतालाई पुरा गर्न आफु नेत्तृत्वको प्यानललाई यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बहुमतले बिजयी गराउन उनले वडा बासीलाई हार्दिक अनुरोध समेत गरेका छन ।

समाजसेवी पृष्ठभुमिबाट राजनीतिमा सक्रिय श्रेष्ठ वडा न ७ को लोकप्रिय नेताको रूपमा समेत चिनिएका छन ।

२८ Apr २०२२ , ८:३३am
असलम खान