
लागुऔषध मुद्दामा फरार २४ वर्षिय चन्दन गुभाजु बाँके प्रहरी द्वारा पक्राउ
बैशाख १६, बाँके । लागुऔषध मुद्दामा फरार एक जना बाँके प्रहरी द्वारा पक्राउ परेका छन ।
पक्राउ पर्नेमा, कोहलपुर नगरपालिका वडा नं.१४ बस्ने २४ वर्षिय चन्दन गुभाजु रहेका छन ।
प्रहरीका अनुसार, गुभाजु लागूऔषध मुद्दामा ३ महिना १२ दिन कैद सजाय तोकिएकोमा हाल सम्म फरार रहेका थिए ।
गुभाजुलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।