नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
निर्वाचन अपडेट : नेपालगन्जमा ३ जनाको उम्मेदवारी रद्द

निर्वाचन अपडेट : नेपालगन्जमा ३ जनाको उम्मेदवारी रद्द

बैशाख १६, बाँके । नेपालगञ्ज उप महानगरपालिकामा उम्मेदवारी दिएका एक वडा अध्यक्ष र दुई वडा सदस्य सहित ३ जनाको  उम्मेदवारी रद्द भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जबाट प्राप्त जानकारी अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका वडा नं ३ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशकार र वडा नं ७ को सञ्जु बंशकारको उम्मेदवारी रद्द भएको छ ।

नेकपा एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले ब्लेक लिस्टमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाईले जानकारी दिएका छन ।यस का साथै उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने प्रमाण पत्र नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्ज ले जनाएको छ ।

२९ Apr २०२२ , ५:२८pm
हाम्रो आवाज