नेपाली समय:

वि.सं २०७९ जेठ १०   मंगलवार

EnglishEN
सार्वजनिक बिदाबारे छलफल गर्न स्वास्थ्य मन्त्रालयले बोलायो बैठक

सार्वजनिक बिदाबारे छलफल गर्न स्वास्थ्य मन्त्रालयले बोलायो बैठक

बैशाख २१, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो जेठदेखि आइतबार ओपिडी सेवा खुलाउने वा नखुलाउने भन्ने विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई छलफलमा बोलाएको छ । 

बिहीबार सार्वजनिक विदाका विषयमा छलफल गर्न स्वास्थ्यसँग सम्बन्धित सरोकारवाला निकायहरूलाई बोलाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । सरकारले आइतबार शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि स्वस्थ्य क्षेत्रले निर्णय लिन सकेको छैन । 

मन्त्रालयमा यसबारे दिउँसो १ बजे पेशागत संगठनका प्रतिनिधि र अस्पतालका निर्देशकहरू बोलाइएको र त्यही बैठकबाट निर्णय लिइने उनको भनाइ छ ।

४ May २०२२ , ४:४०pm
हाम्रो आवाज