नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
बझाङमा सर्वदलीय बैठकमा झडप, वडाअध्यक्षका उम्मेदवार घाइते

बझाङमा सर्वदलीय बैठकमा झडप, वडाअध्यक्षका उम्मेदवार घाइते

बैशाख २९, बझाङ । बझाङको सुर्मा गाउँपालिकामा सर्वदलीय बैठकमा झडप भएको छ । अपांग–अशक्तहरुलाई कसरी मतदान प्रक्रियामा सहभागी गराउने भन्नेबारेमा विवाद हुँदा झडप भएको बझाङका डिएसपी ज्ञान बहादुर विष्टले रातोपाटीलाई बताए ।  

झडपमा परेर नेकपा एमालेका सुर्मा गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार हर्क बहादुर बोहरा र राम गिरी बोहरा घाइते भएका छन् । उपचारपछि वडाध्यक्षका उम्मेदवार डिस्चार्ज भएका छन् । स्थानीय अपिल बोहरा सहित ५ जना काँग्रेसका कार्यकर्ताले उनीहरुलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए । 


 

१२ May २०२२ , ११:०३am
हाम्रो आवाज