नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
काठमाडौंमा प्रेस पासका आधारमा सवारी साधन चलाउने पाइने

काठमाडौंमा प्रेस पासका आधारमा सवारी साधन चलाउने पाइने

बैशाख २९, काठमाडौं । निर्वाचन आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेर काठमाडौं उपत्यकामा प्रेस पासका आधारमा सञ्चारकर्मीलाई सवारी साधन चलाउन पाउने व्यवस्था गर्न आग्रह गरेको छ। आयोगले भनेको छ, ‘नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने।’

यससँगै प्रेस पास नभएका सञ्चारकर्मीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट सवारी अनुमतिपत्र पाउन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

मतदानका दिन ३० वैशाखमा देशभर सवारी साधन चलाउन रोक लगाइएको छ। अनुमित प्राप्त बाहेकका सवारी साधन सञ्चालन गरिएमा कारबाही हुने जनाइएको छ।

१२ May २०२२ , ६:४८pm
हाम्रो आवाज