नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
सर्लाहीको धनकौल गाउँपालिकास्थित मतदान केन्द्रमा ६ राउण्ड गोली चल्यो

सर्लाहीको धनकौल गाउँपालिकास्थित मतदान केन्द्रमा ६ राउण्ड गोली चल्यो

बैशाख ३०, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको छ । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो । गोली चलेपछि उक्त मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको  छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अहिले स्थिति सामान्य हुँदै गएको र केही बेरपछि मतदान प्रक्रिया सुरु हुने जनाएको छ । 

धनकौलमा मतदानस्थल कहाँ राख्ने भन्नेमा विवाद थियो । निर्वाचन आयोगले भनेको स्थानमा मतदान केन्द्र असन्तुष्ट बनेका समूहले बिहानै विवाद र ढुंगामुढा गरेका थिए ।

१३ May २०२२ , २:१२pm
हाम्रो आवाज