नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
शिवपुरीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

शिवपुरीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

नुवाकोट, ४ जेठ । नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा ९माओवादी केन्द्र० विजयी भएको छ । 

अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित हुनुभएको हो । थपलियाले निकटतम प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी० का पदमबहादुर उप्रेतीलाई एक सय नौ मतले पराजित गर्नुभएको हो । थपलियाले चार हजार १८२ तथा उप्रेतीले चार हजार ७३ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा तामाङले चार हजार ५२० तथा उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा खड्काले चार हजार ५६ मत ल्याउनुभयो । सो गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो । 

यस्तै वडाध्यक्षतर्फ वडा नं १, २, ३ र ७ मा माओवादी केन्द्र, वडा नं ४ र ८ मा कांग्रेस तथा वडा नं ५ र ६ मा एमाले विजयी भएको सहायक निर्वाचन अधिकृत दयाराम पौडेलले जानकारी दिनुभयो । 

१८ May २०२२ , ५:५३pm
हाम्रो आवाज