नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
पाल्पाको रम्भामा मत गणना सुरु भएन

पाल्पाको रम्भामा मत गणना सुरु भएन

रामपुर, पाल्पा, ५ जेठ (रासस) । पाल्पाको रम्भा गाउँपालिका मत गणना कार्य अझै सुरु हुन सकेको छैन । वडा नं। ५ ताहुँको मत गणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ वजेदेखि गणना कार्य अगाडि बढ्न सकेको छैन । 

मत गणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको सङ्ख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताउनुभयो । निर्वाचन आयोगबाट मत गणना गर्न आदेश आए पनि दलहरुबीच विवाद हँुदा प्रक्रिया अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।

खसेको मतभन्दा ७४ वटा मत फर्जी भेटिएपछि विवाद भएको हो । यहाँ एक हजार ९२२ मत खसेको थियो । सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् । मतगणना स्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय रम्भाले विभिन्न चरणमा बैठक बसी स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपछि सफल नभएको जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा नौ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ ।

१९ May २०२२ , ११:०९am
हाम्रो आवाज