नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
राजविराजमा जसपाको नेतृत्व

राजविराजमा जसपाको नेतृत्व

सप्तरी, ६ जेठ । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित हुनुभएको छ । निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै जसपाका भीमराज यादव नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँले नौ हजार ६२४ मत प्राप्त गर्नुभएको छ ।

गत स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरमबाट उम्मेदवारी दिनुभएको भीमराज राजपाका शम्भुसँग १५ मतले पराजित हुनुभएको थियो । शम्भुले यसपटक चार हजार ८०७ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा जसपाबाट इसरत परविन सात हजार २६४ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशीलाकुमारी यादवले चार हजार ४२७ मत ल्याउनुभएको छ । गत स्थानीय तह २०७४ को निर्वाचनमा पाँच हजार १९५ मत ल्याएर निर्वाचित हुनुभएकी उपप्रमुख लोसपाकी साधना झा यसपटक तीन हजार २०६ मतमा सीमित हुँदा चौथो स्थानमा रहनुभयो ।

कूल १६ वडा रहेको राजविराज नगरमा जसपाले वडा नं १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले ७, ८ र १०, लोसपाले ६ र १३ वडाध्यक्षमा विजयी हासिल गरेको छ । नेकपा ९एमाले०ले वडा नं १४, नेकपा (एकीकृत समाजवादी)ले वडा नं १२ र राप्रपाले वडा नं १३ को वडाध्यक्षमा जित हासिल गरेका छन् ।
 

२० May २०२२ , १२:०४pm
हाम्रो आवाज