नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
कैलालीको भजनीमा नागरिक उन्मुक्ति विजयी

कैलालीको भजनीमा नागरिक उन्मुक्ति विजयी

भजनी, ६ जेठ । कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा केवललाल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित हुनुभएको छ ।
  
केवललालले गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र) का शेरबहादुर चौधरीलाई पराजित गर्नुभयो । उहाँले  सात हजार ४७५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी शेरबहादुरले तीन हजार ८७१ मत प्राप्त गर्नुभयो । 

 नगर उपप्रमुखमा निर्वाचित तिरुवाले नेपाली कांग्रेसका गोकर्ण भण्डारीलाई पराजित गर्नुभएको हो । तिरुवाले ६ हजार २२५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी भण्डारीले तीन हजार ५३७ मत प्राप्त गर्नुभयो ।

भजनीमा नागरिक उन्मुक्ति पार्टीले तीन वडामा जित हासिल गरेको छ । त्यसैगरी गठबन्धनले चार र एमालेले दुई वडामा जित हासिल गरेको छ ।
 

२० May २०२२ , १२:२३pm
हाम्रो आवाज