नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
नेपालगञ्जमा  लोडसेडिङ्विरुद्ध दबाब मुलक कार्यक्रमको आयोजन

नेपालगञ्जमा लोडसेडिङ्विरुद्ध दबाब मुलक कार्यक्रमको आयोजन

बैशाख ६, बाँके । नेपालगञ्जमा बढ्दो लोडसेडिङ्विरुद्ध आज दबाबमुलक कार्यक्रमको आयोजन गरिएको छ। नागरिक सरोकार समितिको अगुवाईमा शुक्रबार नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रको मुलगेटमा धर्नासहित दवाव दिइएको छ ।

समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज जस्तो अत्याधिक गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ हुँदा यहाँका सर्बसाधारणले निकै सास्ती खेप्नु परेको बताएका छन । उनले भने–‘गर्मीले आहात भएको बेलामा विद्युत नहँदा झनै समस्या उत्पन्न भएको छ ।’

दिनमा पटक पटक लाइन काटिने तथा वोल्टेजमा हुँदैआएको घटि बढ़ी समस्याले बिधुत्तीयउपकरणहरूमा नोकसान हुने गरेको उपभोक्ताले गुनासो समेत गरेका छन । 

 

२० May २०२२ , ५:२९pm
हाम्रो आवाज