नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
न्याय खोजिराखेका रुकुम नरसंहारका पीडित

न्याय खोजिराखेका रुकुम नरसंहारका पीडित

जेठ १०, काठमाडौँ । जाजरकोटका नवराज विकसहित ६ जना मारिएको दिनलाई जात व्यवस्थाविरुद्धको प्रतिरोध दिवसका रूपमा मनाइएको छ । दुई वर्षअघि आजकै दिन अन्तरजातीय प्रेम गरेको भन्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा विक र उनका ५ जना साथीहरूको निर्ममतापूर्वक हत्या गरिएको थियो । मारिनेमा विकसहित उनका साथीहरू लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाही थिए । 

संसदीय विशेष समितिले उक्त घटना जातीय विभेद र छुवाछुतकै कारण भएको निष्कर्ष निकाले पनि हालसम्म पीडित पक्षले न्याय पाउन सकेका छन् । रुकुम नरसंहारका दोषीहरूलाई कारबाहीको माग गर्दै मंगलबार राजधानीमा प्रदर्शन गरिएको छ । सो अवसरमा सडक नाटक पनि प्रस्तुत गरिएको थियो ।

२४ May २०२२ , ४:०२pm
हाम्रो आवाज