नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
महानगर र उपमहानगरमा उपमेयर पदमा एमाले अघि

महानगर र उपमहानगरमा उपमेयर पदमा एमाले अघि

१० जेठ, काठमाडौं । सत्ता गठबन्धनले साझा उम्मेदवारी दिएपछि कुनैपनि महानगरको मेयर जित्न नसकेको नेकपा एमालेले उपमेयरमा भने बहुमत संख्या जित्ने भएको छ । पोखरा महानगरको अन्तिम नतिजा आउनु अघि नै मेयर र उपमेयरको नतिजा निश्चित भइसकेको छ ।

मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर बन्ने निश्चित भएको छ । एमालेका कृष्ण थापालाई हराउँदै उनी मेयर बन्ने भएका हुन् । तर उपमेयर भने एमालेकै मञ्जुदेवी गुरुङ निर्वाचित हुँदैछिन् ।

अन्तिम नतिजा आइसकेको विराटनगरमा नेपाली कांग्रेसका नागेश कोइराला मेयर निर्वाचित भए । ३० हजार १७० मत ल्याउँदै उनले एमालेका सागर थापा ९२१,४५५ मत० लाई पराजित गरे ।

तर उपमेयरमा भने गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई झण्डै नौ हजार अन्तरले पराजित गर्दै एमालेकी शिल्पा कार्की विजयी भइन् । कार्कीले २५ हजार ६८० मत ल्याउँदा यादवले १४ हजार २९१ मत मात्रै पाइन् ।

काठमाडौं महानगरमा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरले अग्रता लिएकी छन् । डंगोलले ५२ हजार ८०९ मत ल्याउँदा निकतम प्रतिश्पर्धी रामेश्वर श्रेष्ठले १७ हजार ८८४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता श्रेष्ठ गठबन्धनका नेता हुन् ।

मत गणना अब धेरै बाँकी नरहेकाले सुनिता जित नजिक छन् । मेयरमा भने गैरदलीय उम्मेदवारी दिएका बालेन्द्र साहको अग्रता छ । उनले ४९ हजार ३५८ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवारी बनेकी कांग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ०६९ मत पाएकी छन् । एमालेका केशव स्थापित भने २९ हजार २४८ मत सहित तेस्रो स्थानमा छन् ।

गठबन्धनका उम्मेदवार हराउँदै उपमहानगरमा पनि एमालेले धेरै उपमेयर जितेको छ । ०७४ को चुनावमा ११ मध्ये एमालेले सात उपमहानगर जितेको थियो । तर यसपटक अधिकांश ठाउँ गुमाउँदै दुई जितेको छ भने गणना चलिरहेको तुलसीपुरमा प्रतिस्पर्धामा छ ।
ललितपुर महानगरको मेयरमा पनि एमालेका उम्मेदवार फराकिलो अन्तरले पछाडि पर्दा उपमेयरमा भने झण्डै ६ हजारको अग्रता छ । एमालेबाट उपमेयरका उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २२ हजार ४२५ मत ल्याएर अग्रता लिदा गठबन्धनका बाबुराज बज्राचार्यले १६ हजार ५२१ मत ल्याएर पछ्याइरहेका छन् । बज्राचार्य नेकपा माओवादी केन्द्रका नेता हुन् ।

मेयरमा भने कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले ३७ हजार ९९८ मत ल्याएर अग्रता लिदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २२ हजार ३८५ मत मात्रै ल्याएका छन् ।

वीरगञ्ज र भरतपुरमा भने एमालेले तालमेल गरेको थियो । वीरगञ्जमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेल गर्दा मेयर र उपमेयर दुवै सत्ता गठबन्धनले जितेको छ । जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले ४६ हजार २१५ मत ल्याएर मेयर जित्दा एमालेका विजय सरावगीले २३ हजार ६७१ मत मात्रै ल्याए ।

उपमेयर एमालेले लोसपालाई छोडेको थियो । लोसपाका पुरुषोत्तम लाल झाले नौ हजार ५६८ मत पाउँदा कांग्रेसका अम्तियाज आलमले ३० हजार ०७८ मत ल्याएर उपमेयर जिते । भरतपुरमा एमालेले राप्रपासँग तालमेल गरेको थियो ।

मेयरमा एमालेका विजय सुवेदी मओवादी केन्द्रकी रेनु दाहालसँग पराजित भए । दाहालले ५२ हजार २८ मत ल्याएर जित्दा एमालेका सुवेदीले ३९ हजार ५८२ मत मात्रै पाए । उपमेयरमा राप्रपाका हिमला गुरुङले ३० हजार ६११ मत पाउँदा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत ल्याएर जिते ।

६ उपमहानगरमा निर्वाचित, १ मा अग्रता

गठबन्धनका उम्मेदवार हराउँदै उपमहानगरमा पनि एमालेले धेरै उपमेयर जितेको छ । ०७४ को चुनावमा ११ मध्ये एमालेले सात उपमहानगर जितेको थियो । तर यसपटक अधिकांश ठाउँ गुमाउँदै दुई जितेको छ भने गणना चलिरहेको तुलसीपुरमा प्रतिस्पर्धामा छ ।

०७४ मा चुनाव जितेको धरान, इटहरी, जितपुर सिमरा, हेटौडा र बुटवल यसपटक एमालेले गुमाएको छ । घोराही जोगाएको छ भने कलैयामा यसपटक जितेको छ । एमालेले यसअघि जितेको तुलसीपुरको गणनामा अग्रता लिइरहेको छ ।

अन्तिम नतिजा सार्वजनिक भइसकेको मध्ये ६ उपमहानगरको उपमेयरमा एमालेका उम्मेदवारले जितेका छन् भने तुलसीपुरमा अग्रता फराकिलो बन्दै गएको छ । एमालेकी स्यानी चौधरीले २४ हजार ५७२ मत ल्याएर अग्रता लिइरहँदा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले १७ हजार ३३३ मत सहित पछ्याइरहेका छन् । मेयरमा पनि एमालेकै टिकाराम खड्काले अग्रता लिइरहेका छन् । उनले २४ हजार ८९१ मत पाउँदा कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत पाएका छन् ।

बुटवलको मेयरमा एमालेका बाबुराम भट्टराई कांग्रेससँग खेराज पाण्डेयसँग पराजित भए । पाण्डेयले ३० हजार १३० मत ल्याएर मेयर जित्दा एमालेका भट्टराईले २२ हजार ५९७ मत मात्रै ल्याए । उपमेयर भने एमालेकी सावित्रादेवी अर्यालले जितेकी छन् । अर्यालले २४ हजार ९०४ मत ल्याएर जित्दा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार ९८० मत मात्रै पाए ।

इटहरीको मेयर हारेपनि उपमेयर एमालेले जितेको छ । एमालेकी संगीताकुमारी चौधरीले ३२ हजार ४३६ मत ल्याएर जित्दा एकीकृत समाजवादीका केशवकुमार विष्टले १८ हजार ३१ मत मात्रै पाए । मेयरमा भने कांग्रेसका हेमकर्ण पौडेलले जितेका छन् । पौडेलले ३३ हजार ४९ मत पाएर जित्दा एमालेका यामकुमार सुब्बाले १८ हजार ३१ म्त मात्रै पाए ।

धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार बनेर गोपाल हमालले मेयर जिते । उनले २६ हजार ८६५ मत पाएर मेयर जित्दा कांग्रेसका नृपबहादुर वड १४ हजार ८१७ मा सीमित भए । तर उपमेयरमा भने एमालेकी कन्दकला कुमारी रानाले जितिन् । उनले १५ हजार ४७९ मत ल्याउँदा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार ६७० मत ल्याइन् ।

घोराही र कलैयमा भने दुवै पद एमालेले जितेको छ । कलैयामा एमालेका विनोदप्रसाद साहले २४ हजार १३९ मत सहित मेयर जिते । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत मात्रै पाए । उपमेयरमा पनि एमालेकी रौशन परविनले जितिन् । उनले १९ हजार २५९ मत ल्याएर जित्दा जसपाका प्रमोदप्रसाद गुप्ताले १८ हजार ३०२ मत पाए ।

घोराहीमा एमालेका नरुलाल चौधरीले मेयर र हुमाकुमारी डिसीले उपमेयर जितिन् । नरुलालले ३१ हजार ७२८ मत ल्याएर मेयर जित्दा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६ हजार ३६८ मत मात्रै पाए । उपमेयरमा एमालेकी हुमाकुमारीले ३० हजार ४०३ मत ल्याएर जित्दा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले ३० हजार ३५४ मत मात्रै पाए ।

अघिल्लोपटक जितेको जितपुर सिमरा यसपटक एमालेले गुमाएपनि उपमेयर भने सुरक्षित गरेको छ । माओवादी केन्द्रका राजन पौडेलसँग एक हजार अन्तरले मेयरमा एमालेकी सरस्वतीदेवी चौधरी (१७ हजार ७७९ मत) मेयरमा पराजित भइन् । राजनले १८ हजार ७४३ मत ल्याएका थिए । तर उपमेयरमा भने एमालेका भोलाप्रसाद अधिकारी विजयी भए । कांग्रेसकी मेघा शाही (१५ हजार ८४२ मत) लाई हराउँदै अधिकारी (१७ हजार ४९२ मत) ले उपमेयर जिते ।

२४ May २०२२ , ४:१२pm
हाम्रो आवाज