नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

EnglishEN
दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

१० जेठ, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सेयर बजार १६।३२ अंकले बढेर २२१७।१९ बिन्दुमा पुगेर रोकिएको छ । साताको पहिलो कारोबार दिन सोमबार भने नेप्से घटेको थियो । मंगलबार कुल २२४ कम्पनीको कारोबार भएको छ ।

कुल २१ हजार ७०९ वटा कारोबार भएको यस दिन ३१ लाख ७३० कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार व्यापार र म्यूचअफ फण्डबाहेक सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूहका लगानीकर्ताले कमाए ।

मंगलबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५।९५ प्रतिशतले बढेर १३१६ रुपैयाँ पुगेको छ । माथिल्लो तामाकोशीको ५।५८ प्रतिशतले वृद्धि भई ५०८ रुपैयाँ सेयर मूल्य पुगेको छ । विजय लघुवित्त, हिमालय उर्जा विकास कम्पनी, नारायणी विकास बैंकसहितका कम्पनीको भने सेयर मूल्य बढेको छ । कर्पोरेट विकास बैंकको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो ।


 

२४ May २०२२ , ४:२०pm
हाम्रो आवाज