नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

EnglishEN
राष्ट्रियसभाको बैठक असार २ गते बस्ने

राष्ट्रियसभाको बैठक असार २ गते बस्ने

काठमाडौँ, ३१ जेठ । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ । 
     
सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ ।
 
सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गर्नुभएको उल्लेख छ ।
 

१४ Jun २०२२ , २:४८pm
हाम्रो आवाज