नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
नेप्सेमा दोहोरो अंकको वृद्धि, १ अर्ब १८ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको वृद्धि, १ अर्ब १८ करोडको कारोबार

असार २, काठमाडौँ । लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १२।५७ अंकले बढ्दै १९ सय ७८।९४ विन्दुमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ समेत आज ३।१० अंकले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ । 

दोहोरो अंकले नेप्से बढेको बजारमा आज कारोबार रकम भने १ अर्ब १८ करोडमा नै सीमित हुन पुगेको छ ।  यसदिन १३ वटा उपसूचकमध्ये जीवन बीमा समूह र इन्भेष्टमेन्ट समूह बाहेकका अन्य ११ उपसूचक धनात्मक (पोजेटिभ) भएका छन् । आज सबैभन्दा बढी अन्य समूहको उपसूचक २।८१ प्रतिशतले बढेको छ भने जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक क्रमशः ०।०४ प्रतिशत र ०।१ प्रतिशतले घटेको छ ।

आज आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् ।


 

१६ Jun २०२२ , ३:४०pm
हाम्रो आवाज