नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
नेप्से परिसूचकको पहिरो जारी

नेप्से परिसूचकको पहिरो जारी

काठमाडौँ, ३ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७।५६ अङ्कले  ओरालो लागेर एक हजार ९७१।३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।६९ अङ्कले ओरालो लागेर ३८१।१४ मा ओर्लेको छ ।

कूल २२० कम्पनीको २३ लाख ५५ हजार एक कित्ता शेयर रु ७३ करोड ६३ लाख १२ हजार १५८ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब १० अर्ब ६९ करोड ६१ लाख ८० हजार बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये शुक्रबार सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर ०।०१ अङ्कले उकालो लाग्यो । त्यस्तै, बैंकिङ ५।०८, व्यापार ९।४२, होटल तथा पर्यटन १५।९, विकास बैंक १४।२१, जलविद्युत् १८।६९, वित्त ८।३८, निर्जीवन बीमा १८।५८, उत्पादन ८।११, अन्य ८।२, लघुवित्त १।८१, जीवन बीमा २।९४ र लगानी ०।३७ अङ्कले उकालो लाग्यो ।

कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १४ लाख ७० हजार ८७९ बराबरको कारोबार भयो । त्यस्तै, सेञ्चुरी बैंक रु छ करोड ४७ लाख ९४ हजार १०८, एनसीसी बैंक रु चार करोड नौ लाख २३ हजार, कुमारी बैंक रु दुई करोड ८६ लाख २९ हजार २४९ र लक्ष्मी बैंक रु दुई करोड २६ लाख ३७ हजार १६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ४।०२, लुम्बिनी जनरल इन्स्योरेन्स ३।४६, सानिमा लाइफ इन्स्योरेन्स ३।०६ र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले २।५६ प्रतिशतले कमाएका छन् । 

त्यस्तै, रिभर फल्स पावर लिमिटेड ५।९३, बुद्धभूमि नेपाल हाइड्रोपावर ४।६४, सिङ्गटी हाइड्रोपावर ४।३४, गणपति लघुवित्त ३।८९ र माउण्टेन हाइड्रो पावरका लगानीकर्ताले ३।८७ प्रतिशतले गुमाएका छन् । 
 

१७ Jun २०२२ , ५:००pm
हाम्रो आवाज