नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्नुहुँदैन : सूर्य थापा

निर्वाचन आयोगले रवि लामिछानेको पार्टी दर्ता गर्नुहुँदैन : सूर्य थापा

काठमाडौँ, ७ असार । नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् । चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्वतन्त्र पार्टी गठन गरिने कानुन विपरीत भएको बताए ।  

‘कानुनत : स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर  स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो,’ उनले लेखेका छन् ।

स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्न नहुने उनको भनाइ छ ।


 

२१ Jun २०२२ , ५:१७pm
हाम्रो आवाज