नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति प्रस्तुत गर्न अध्यक्ष ओलीको आग्रह

छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति प्रस्तुत गर्न अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, ७ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । 

पूर्व राजदूत समूहले आज आयोजना गरेको वर्तमान नेपालको परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वैदेशिक सम्बन्धका सन्दर्भमा कुनै समस्या आएमा आपसमा संवाद गरेर समाधान गर्न पनि जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “नेपालले छिमेकीसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुन आवश्यक छ । बाहिर एउटा भन्ने र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । ”

उहाँले कुनै मुलुक जनसङ्ख्या र भूगोलमा सानो हुनसक्ने भए पनि हरेक मुलुकको सार्वभौमसत्ता समान हुने भएकाले नेपालले हिनताबोध नगरी विश्वका सबै मुलुकसँग स्वाभिमानपूर्वक संवाद गर्नसक्ने पनि स्पष्ट गर्नुभयो ।
 

२१ Jun २०२२ , ५:२७pm
हाम्रो आवाज