नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

EnglishEN
भन्सार छलेर अवैध रूपमा ल्याइएको ठूलो परिमाणमा चिनी र दाल बरामद

भन्सार छलेर अवैध रूपमा ल्याइएको ठूलो परिमाणमा चिनी र दाल बरामद

असार १०, नेपालगन्ज । भारतबाट भन्सार छलेर अवैध रूपमा ल्याइएको ठूलो परिमाणमा प्रहरीले चिनी र दाल बरामद गरेको छ । 

नेपालगन्ज वडा नम्बर १ स्थित नन्दनी मिलको प्राङ्गणबाट भण्डारण गरिएको ठूलो ५२० बोरा अवैध चिनी र ५१ बोरा दाल बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी बाँकेको संयुक्त अनुसन्धान टोलीले अवैध रूपमा भन्सार छलीको उक्त सामान बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

उक्त सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज पुरयाईएको बाँके प्रहरीले जनाएको छ ।

२४ Jun २०२२ , ४:४०pm
हाम्रो आवाज