नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
हैजाको संक्रमण पछि सोमबारबाट ललितपुरमा ठेलामा पानीपुरी बेच्न नपाइने

हैजाको संक्रमण पछि सोमबारबाट ललितपुरमा ठेलामा पानीपुरी बेच्न नपाइने

काठमाडौँ, १२ असार । काठमाडौँमा हैजाको संक्रमण देखिन थालेपछि ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

पानीपुरीमा प्रयोग गरिने पानीमा हैजाको जीवाणु हुनसक्ने भन्दै ललितपुरका मेयर चिरिबाबु महर्जनले महानरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका छन् ।

सोमबारबाट ललितपुर महानगरपालिकाभरी ठेलामा पानीपुरी बेच्न रोक लगाइने छ । यसबारे महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिएका छन् । उनले अर्को निर्णय जारी नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न नपाइने बताए ।

हाछेथुले आइतबार दिनभरी ठेलामा पानीपुरी बेच्नेहरुलाई ‘यसो नगर’ भनेर सम्झाउने र सोमबारबाट भने पूर्ण रुपमा ठेलामा पानीपुरी बेच्न प्रतिबन्ध लगाइने जानकारी दिए ।

२६ Jun २०२२ , २:३८pm
हाम्रो आवाज