नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

EnglishEN
बाँकेको राप्तीसोनारीमा चट्याङ लागेर एक जनाको मृत्यु

बाँकेको राप्तीसोनारीमा चट्याङ लागेर एक जनाको मृत्यु

असार १५, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ बस्ने नरेश थारुका ६ बर्षिय छोरा अभिषेक थारु रहेका छन । गएराती चट्याङ लागेर उनी गम्भीर घाइते भएका थिए । भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

हिजो मंगलवार नजिकैको जंगलमा बाख्रा चराउन गएका अभिषेक बेलुका ६ बजेतिर चट्याङ लागेर गम्भीर घाइते भएका थिए । घाइते अभिषेक थारु लाई भेरी अस्पताल नेपालगन्जमा उपचारको लागि ल्याइएको थियो । यसरी उपचारका क्रममा उनको मृत्यु भएको स्रोतले जनाएको छ ।

२९ Jun २०२२ , ४:३७pm
हाम्रो आवाज