नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
बत्तीसपुतलीमा कोइराला समूहको बैठक गगन थापाको प्रतीक्षामा नेताहरु

बत्तीसपुतलीमा कोइराला समूहको बैठक गगन थापाको प्रतीक्षामा नेताहरु

काठमाडौँ, १६ असार । काँग्रेस नेता शेखर कोइराला समूहको बैठक अझै सुरु हुन सकेको छैन । बिहीबार काठमाडौको बत्तीसपुतलीमा अपरान्ह २ बजेदेखि बस्ने भनिएको बैठक महामन्त्री गगन थापा लगायतका केही नेता आइनपुगेपछि अझै सुरु हुन नसकेको हो । 

बैठकमा कोइराला समूह पक्षधर पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन् । साथै कोइराला पक्षीय भ्रातृ संस्थाका पूर्व अध्यक्ष पनि बैठकमा सहभागी छन् । बैठकमा केन्द्रीय सदस्य शेखर कोइराला, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, गोविन्द पोखरेल, नेताहरू चन्द भण्डारी, रामकृष्ण यादव, रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य जगदीशनरसिंह केसी लगायत नेता सहभागी छन् ।

उपसभापति धनराज गुरुङ, बद्री पाण्डे, नेतालाई मिनेन्द्र रिजाल, मधु आचार्य काठमाडौं बाहिर छन् । महामन्त्री थापासहित जीवन परियार पनि बैठकमा  आइपुगेका छैनन् । 

३० Jun २०२२ , ४:४९pm
हाम्रो आवाज