नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
नगरबासी को हकहित संरक्षण का लागि नेपालगन्ज उप-महानगरपालिका लाई ज्ञापन पत्र

नगरबासी को हकहित संरक्षण का लागि नेपालगन्ज उप-महानगरपालिका लाई ज्ञापन पत्र

साउन- १, बाँके -

नेपाल मुस्लिम बुद्दिजीवी समाज को अगुवाई मा नेपालगन्ज उपमहांगरपालिका को चौतरफी बिकास र नेपालगन्ज बासी को हक हित संरक्ष्ण को बिषय मा केन्द्रित रही उपमहांगरपालिका लाई ज्ञापन पत्र बुझाइएको छ  ।

नेपाल मुस्लिम बुद्दिजीवी समाज का संयोजक शक्ति कुमार बंस्कार (अब्दुल कवि) नेपाल मुस्लिम बुद्दिजीवी समाज की केन्द्रीय सदस्य शाहिदा शाह ,सामाजिक अभियन्ता साहिल अन्सारी, वाइसीएल नेपाल बाँके जिल्ला कमिटी सदस्य नेकपा (माओवादी केन्द्र) इरफान अली  (अरसद), पत्रकार असलम खान, स्व.विद्यार्थी यूनियन का प्रदेश कोषाध्यक्ष मो. सोएब अन्सारी. अधिकार कर्मी आदिल इराकी र मोहम्मद फैज को उपस्थिति मा नेपालगन्ज उपमहांगरपालिका का उप प्रमुख कमरुद्दीन राई लाई ज्ञापन पत्र बुझाइएको हो । 

नेपालगन्ज उपमहांगरपालिका मा रहेका गरीब तथा पिछडीएका बालबालिका को लागि निशुल्क शिक्षा तथा स्वास्थ सुबिधा,महिला सुरक्षा को सुनिश्चितता,सुरक्षित तथा गुणस्तरीय खाद्य सामग्री को उपलब्धता आदि महत्त्वपूर्ण बिषय मा आधारित भई नेपालगन्ज बासी को हक हित लाई ध्यान मा राखी यस बिषय म नेपालगन्ज उपमहांगरपालिका ले तत्काल आवश्यक पहल गर्नु पर्ने माग गरिएको छ ।

ज्ञापन पत्र बुझदै नेपालगन्ज उपमहांगरपालिका का उपप्रमुख कमरुद्दीन राई ले ज्ञापन पत्र मा उल्लेखित बिषय वस्तु माथि पहल  नेपालगन्ज उपमहांगरपालिका ले छिटो भन्दा छिटो आवश्यक पहल गर्ने प्रतिबद्दता समेत जनाएका छन ।

१७ Jul २०२२ , ४:४०pm
हाम्रो आवाज