नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
बढैयातालको माछापोखरीमा डुबेर २ बालकको मृत्यु

बढैयातालको माछापोखरीमा डुबेर २ बालकको मृत्यु

साउन ५, बाँके । बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा निवासी बिर्ख भण्डारीको ९ वर्ष को छोरा भुवन भण्डारी र चन्द्र बोहराको छोरा ८ वर्षीय युवराज बोहराको पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।

पोखरीको छेउमा खेल्ने क्रममा अचानक पोखरीमा खसेका थिए । घाइते उनीहरुको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरी ले जनाएको छ ।

२१ Jul २०२२ , ५:०६pm
हाम्रो आवाज