नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
कालिकोटमा हाईस दुर्घटना, ५ जना घाइते

कालिकोटमा हाईस दुर्घटना, ५ जना घाइते

कालिकोट, ५ साउन । कालिकोटमा हाईस दुर्घटना भएको छ । कालिकोटको मान्माबाट नाग्म गमगडीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख २१० नम्बरको हाईस बिहीबार दिउँसो ३ः ४५ बजेतिर दुर्घटना भएको हो ।

हाईस खाडाचक्र नगरपालिका–८ सिम्ले खोला भन्ने ठाउँमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले हाम्रो आवाजलाई जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी ५ जना घाइते भएका छन्  । घटनाको पुरा विवरण भने आउन बाँकी रहेको उनले बताए ।

२१ Jul २०२२ , ५:२३pm
हाम्रो आवाज