नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
राजापुर नगरको बजेट एक अर्ब तीन करोड

राजापुर नगरको बजेट एक अर्ब तीन करोड

बाँके, ८ साउन । बर्दिया–राजापुर नगरपालिकाको नवौँ नगरसभाले रु एक अर्ब तीन करोड ७४ लाख ५३ हजारको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख मनकलाकुमारी चौधरीले आजको नगरसभामा आव २०७९र८० का लागि बजेट प्रस्तुत गर्नुभएको हो ।                 

प्रस्तुत बजेटले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उपप्रमुख चौधरीले बताउनुभयो । उहाँका अनुसार शिक्षाका लागि रु सात करोड नौ लाख विनियोजन गरिएको छ । भौतिक पूर्वाधारको विकास, युवालाई तालिम, कृषि एम्बुलेन्स, पशुबाली बिमा, तरकारी सङ्कलन केन्द्र, कोल्डस्टोर, विशेषज्ञ डा, द्वन्द्वपीडितलाई तालिम, बेपत्ताका पत्नीलाई सामाजिक सुरक्षाभत्ता, सबै स्थानीय कर्मचारी र नगर शिक्षकको तलव बृद्धि, कल्याण कोषजस्ता कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ । नगरप्रमुख दीपेश थारुको अध्यक्षता सम्पन्न नगरसभाले आजै नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ । 
 

२४ Jul २०२२ , २:५७pm
हाम्रो आवाज