नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
प्रस्ताव पारित

प्रस्ताव पारित

विराटनगर, ९ साउन । प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ विचार गरियोस् भत्रे प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश नं। १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले सो प्रस्ताव पेस गर्नुभएको थियो ।

विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य राजकुमार ओझा, लीला सुब्बा, सौभाग्यवतीदेवी राई र भीमादेवी बस्नेतले प्रदेशका सबै भाषा, लिपि, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले भाषा र कलालाई जगेर्ना गर्नु राज्यको दायित्व भएकाले विधेयक सबै जातजाति, जनजाति र आदिवासीको भाषा र कला एवं संस्कृति संरक्षण सम्बद्र्धन गर्दै प्रदेशलाई समृद्ध बनाउन विधेयकले मद्दत गर्ने विचार राख्नुभयो ।

सभामा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ माथिको समितिको प्रतिवदेन अर्जुन राई, उद्योग पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को वार्षिक प्रतिवेदन उमीता विश्वकर्मा र सामाजिक विकास समितिको आर्थिक वर्ष २०७६÷७७ तथा २०७७÷७८ एवं २०७८÷७९को वार्षिक प्रतिवेदन उमीता विश्वकर्माले पेस गर्नुभएको थियो ।

२५ Jul २०२२ , ७:००pm
हाम्रो आवाज