नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
बाँकेमा एक दम्पती मृत फेला

बाँकेमा एक दम्पती मृत फेला

बाँके, साउन १० । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । दुवै जना आफ्नो घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

३५ वर्षिय कृष्ण गडरिया र उनकी श्रीमती ३० वर्षिय मञ्जु गडरिया आफ्नै घरमा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार, कृष्णको बायाँ हात काटिएको देखिएको हुँदा हत्या भएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

२६ Jul २०२२ , ४:३०pm
हाम्रो आवाज