नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
लगातारको वर्षाले घरहरू डुवानमा

लगातारको वर्षाले घरहरू डुवानमा

गण्डकी, १६ साउन । लगातारको वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रका घरहरू डुवानमा परेका छन् । आइतबार साँझदेखि लगातार परेको पानीका कारण बेलुका १० बजेपछि यस क्षेत्रका घरहरूमा बाढी पसेको हो ।
    
काहुँ आसपासबाट सोहोरिएर आएको पानीले यहाँका झण्डै एक सय घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो । बस्ती डुवानमा परेपछि बेलुकादेखि नै क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको जानकारी दिँदै उहाँले अपरान्हबाट पानी रोकिएका कारण केही सहज हुने अपेक्षा गरिएको बताउनुभयो । कमलपोखरी क्षेत्रमा वर्सेनि बाढीको समस्या हुने गरेको बताउँदै उहाँले यसको दीर्घकालीन समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने देखिएको बताउनुभयो । 

१ Aug २०२२ , ३:०३pm
हाम्रो आवाज